Section 12C
स्थानीय तहले जग्गा विकास कार्यक्रम सञ्चालन गर्न सक्ने

१२ग.१ स्थानीय तहले चाहेमा आफ्नोे क्षेत्रभित्रको कुनै भागमा दफा १२ बमोजिम जग्गा विकास कार्यक्रम सञ्चालन गर्न सक्नेछ ।
१२ग.२ उपदफा १२ग.१ बमोजिम स्थानीय तहले जग्गा विकास कार्यक्रम सञ्चालन गर्ने भएमा समिति गठन भएको ठाउँमा समितिको, समिति गठन नभएको ठाउँमा नगर विकास जिल्ला समन्वय समितिको र त्यस्तो समिति पनि गठन नभएको ठाउँमा नगर विकास केन्द्रीय समन्वय समितिको सिफारिस लिई त्यस्तो कार्यक्रम  मन्त्रालय बाट स्वीकृत गराउनु पर्नेछ ।
१२ग.३ दफा १२ बमोजिम जग्गा विकास कार्यक्रम सञ्चालन गर्दा स्थानीय तहलाई यस ऐनबमोजिम समितिलाई भए सरहको अधिकार हुनेछ र स्थानीय निकायले त्यस्तो जग्गा विकास कार्यक्रम सञ्चालन गर्दा यस ऐनबमोजिम समितिले अपनाउनु पर्ने कार्यविधि र अन्य व्यवस्थाको पालना समेत गर्नु पर्नेछ ।
१२ग.४ उपदफा १२ग.१ बमोजिम जग्गा विकास कार्यक्रम सञ्चालन गर्ने स्थानीय तहलाई नेपाल सरकार वा समितिले प्राविधिक तथा आर्थिक सुविधा उपलब्ध गराउन सक्नेछ ।